दफा ५४
साझा गरी लिएको शेयरको रकम चुक्ता गर्ने
: (१) साझा गरी लिएको शेयरको किस्ता रकम
प्रत्येक साझेदारले आफ्नोस्वामित्वको अनुपातमा बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लिएको शेयरमा यसको यति भाग छ भन्ने रीतपूर्वकको लिखत
भएकोमा बाहेक जतिजनाको नाममा शेयर रहेको छ उतिजनाको नाममा बराबर हिस्सा रहेको
मानिनेछ ।